कांग्रेसको बैठक आज बस्दै, १७ नयाँ केन्द्रीय सदस्यहरू पहिलो पटक सहभागी हुँदै
काठमाडौं । मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो दुई बजे कार्यसमितिको बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोना भाइरसको संक्रमण र यसबाट सिर्जित समस्याहरूका विषयमा छलफल हुने शर्माले बताए ।
कोरोना भाइरसको रोकथाममा सरकारले गरेका प्रयासहरूका विषयमा समेत छलफल हुनेछ ।
केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बैठकका लागि जानकारी आएको भन्दै छलफलका एजेण्डाहरूमा आफूलाई केही थाहा नभएको बताए ।
उनले भने, ‘एजेण्डाका बारेमा केही भनिएको छैन । कोरोना भाइरसको संक्रमण रोकथाम, सरकारको कामकारबाही र लकडाउनले समस्यामा परेका जनताका विषयमा छलफल केन्द्रित हुन्छ होला ।’
केन्द्रीय कार्यसमितिको आजको बैठकमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकका एघार जना केन्द्रीय सदस्यहरूले पहिलो पटक भाग लिनेछन् ।
सभापति शेरबहादुर देउवाद्वारा मनोनीत छ जना आमन्त्रित केन्द्रीय सदस्यहरूले पनि पहिलो पटक भाग लिनेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया