कोरोनाबारे गलत रिपोर्ट दिएपछि भारतले रोक्यो चीनको कीट

नयाँदिल्ली । चीनबाट आयात गरिएको तीव्र एन्टिबडी कोभिड १९ परीक्षण कीटहरूको नजितामा अविश्वसनीय आएपछि भारतले कीटहरू प्रयोगमा रोक लगाएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)ले चीनबाट ल्याइएको कीटको प्रयोगमा रोक लगाएको हो ।

चिनियाँ कम्पनीहरू, गुआन्झाउ वन्डफो बायोटेक र लिभोन डायग्नोस्टिक्सबाट भारतले करीव पाँच लाख तीव्र एन्टिबिड टेस्ट कीटहरू किनेको थियो ।

तिनीहरूलाई कोरोनाभाइरस संक्रमणको परीक्षण गर्न धेरै राज्यहरूमा वितरण गरिएको थियो ।

गुणस्तरीय कीट उपलब्ध गराउने आश्वासन दिइए पनि दुई चिनियाँ कम्पनीहरुरूद्वारा आपूर्ति गरिएको कीटको प्रभावकारितामा व्यापक भिन्नता पाइएको छ ।

सबै राज्य र केन्द्र शासित प्रदेशहरूको मुख्य सचिवहरूसँगको कुराकानीमा आईसीएमआरले ती कीटको प्रयोग रोक्न सुझाब दिएको छ ।

ती कीटहरू आपूर्तिकर्तालाई फिर्ता पठाउन निर्देशन दिइएको छ ।

राजस्थान र पश्चिम बंगाललगायत धेरै राज्यहरूले चिनियाँ कीटको गुणस्तरको बारेमा गुनासो पनि गर्दै आएका थिए ।

आईसीएमआरले पीसीआर बिधिद्वारा घाटी र नाकको स्वाब परीक्षण नै कोभिड १९ को परीक्षणको लागि उत्तम रहेको बताएको छ ।

सरकारी अधिकारीले भारतसंग कोभिड १९ को लागि पीसीआर परीक्षण गर्न पर्याप्त संख्यामा कीट उपलब्ध रहेको दाबी गरेका छन् ।

Published : Tuesday, 2020 April 28, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया