आफ्नै ‘मुसा’हरूले छाड्न थालेपछि कांग्रेसका खतिवडाले दिए प्रचण्डलाई ओलीसँग मिल्ने सुझाव
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीभित्र बखेडा नगर्न सुझाव दिएका छन् ।
पूर्वसांसद समेत रहेका कांग्रेस नेता खतिवडाले मंगलबार ट्वीट गर्दै खड्गप्रसाद ओलीलाई कमजोर बनाउन खोज्दा प्रचण्ड झन् कमजोर हुने बताएका छन् । प्रचण्ड नेकपाभित्र निकै कमजोर रहेको भन्दै अहिलेको अवस्थामा ओलीसँग विवाद गर्दा प्रचण्डका ‘मुसा’हरूले पनि साथ छाड्ने चेतावनी दिए ।
‘पुष्पकलम दाहाल ‘प्रचण्ड’ले अहिलेको अवस्थामा खड्गप्रसाद ओलीलाई हटाउन नै खोजेका हुन् भने ओली अरु बलियो र प्रचण्ड अरु कमजोर हुने देखिन्छ’, खतिवडाले भनेका छन् ।
नेपाली कांग्रेसका नेता खतिवडाले प्रचण्डले ओलीलाई कमजोर बनाउन खोज्दा पूर्वएमालेहरू एक ठाउँमा आउने चेतावनी दिएका छन् । ‘पुराना एमाले एकठाउँ हुनेछन्’, उनले भने, ‘केही उन(प्रचण्ड)का मुसाले पनि प्रचण्डलाई छोडेर भाग्ने छन् ।’
‘बरु ओली जिन्दावाद भन्दा नै प्रचण्डको भबिश्यमा भलो होला है’, खतिवडाले भनेका छन्, ‘नत्र हात लाग्यो शून्य होला ।’
सोमबार कोटेश्वरमा भएको ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूको बैठकमा पूर्वएमालेहरू मिलेर जाने प्रस्तावमा कुराकानी भएको थियो । नेता खतिवडाले सोही विषयमा छलफल भएको हुन सक्ने आफ्नो ट्वीटमा संकेत गरेका छन् ।
ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन पहल भइरहेका बेला प्रचण्ड निकटका आधा दर्जन सांसदहहरूले क्याम्प परिवर्तन गरेर ओलीलाई साथ दिइसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया