भारतबाट आएका दुई युवकमा कोरोना
काठमाडौं । भारतबाट आएका रौतहट जिल्लाका दुई जना युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
८३ जनाको स्वाब संकलन गरिएकोमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।
वृन्दावन नगरपालिका–९ बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका–१ करुनीया बस्ने ३५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन् ।
भारतको कोलकाता र दिल्लीबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका–६ स्थित क्वारेन्टाइनमा राखेर ६ वैशाखमा घर फर्काइएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरधामबाट पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको ती युवकको स्वाब काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा नतिजा पोजिटिभ आएको प्रमुख साहले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गर्न बाँकी छ । यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका १ संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
रौतहटमा दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना उपचारपछि घर फर्किसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया