ओली संकटमा परेका बेला सक्रिय बन्याे चीन, सलबलाइन् यान्छी, ओली-भण्डारीपनि सक्रिय
काठमाडौं । पार्टीभित्र विवाद बढेका बेला नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रधानन्यायाधीश र नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार साँझ आफ्नो सरकारी निवास बालुवाटारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग भेटवार्ता गरेको उच्च स्रोतले जनाएको छ । भेटमा ओली र राणावीच भएको कुराकानीका विषयमा केही भनिएको छैन ।
यसअघि ओलीले सोमबार दिउँसो प्रहरी महानिरीक्षक ज्ञवालीसँग शान्ति सुरक्षाका विषयमा जानकारी लिएका थिए ।
प्रधानमन्त्री ओलीलाई आईजीपी ज्ञवालीले समग्र शान्ति सुरक्षाका विषयमा बिफ्रिङ गरेका थिए ।
त्यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेटवार्ता गरेकी छिन् । भेटमा के–के कुराकानी भएको थियो केही भनिएको छैन ।
प्रधानमन्त्री ओलीले दुई अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेर गएको छ । दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतका नेताहरूले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिन दवाव दिँदै आएका छन् ।
पार्टीभित्र विवाद बढेका बेला ओलीले प्रधानन्यायाधीश र आईजीपीसँग परामर्श गरेका छन् । यही बेला नेपालका लागि चिनियाँ राजदूत यान्छीले पनि आफ्नो सक्रियतालाई बढाएकी छिन् ।
त्यसैगरी, सत्तारुढ दलभित्र नेपालीमा राजनीतिक उथलपुथल भइरहेका राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच सोमबार टेलिफोन वार्ता भएको छ । यो वार्ता अहिले आएर किन भयो भनेर धेरैले आश्चर्य मानेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया