पहिलाे पटक डराए ओली, कुर्सी हल्लिएपछि आफू निकटका सांसदहरूकाे गोप्य भेला
काठमाडौं । झण्डै दुईतिहाइको बहुमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफू निकटका सांसदहरूको भेला गरेका छन् ।
अध्यादेश प्रकरणसँगै ओलीको प्रधानमन्त्री पद संकटमा परेपछि उनले आफू निकटका नेकपाका सांसदहरूको भेला सोमबार साँझ बालुवाटारमा गरेका हुन् । सांसदहरूको भेलामा ओलीले आफूलाई घेराबन्दी गरेको भन्दै प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
नेकपाका नेता भीम रावलले सोमबार साँझ ओलीले आफू निकटका सांसदहरूको गुटगत भेला गरेको आरोप लगाएका छन् ।
‘ओलीजीले गुटगत भेला गर्दै हिँड्ने । उहाँले पार्टी विभाजनको अध्यादेश ल्याउनुभयो । सांसदहरूको भेला बोलाएर प्रतिवाद गर भनेर निर्देशन दिनुभएको छ’, रावलले भनेका छन् ।
‘प्रधानमन्त्री भएर यस्तो गुटगत भेला गर्ने हो ? कदापि होइन । गुटगत भेला गर्नु हुँदैन थियो’, उनले भने, ‘कोरोना भाइरसको संक्रमणविरुद्ध लड्ने बेला प्रधानमन्त्री बालुवाटारमा पार्टीगत गुटबन्दी गर्दै हिँड्नुभएको छ ।’
‘हामीले ओलीले जस्तो भेला गरेका छैनौँ । हामीले समस्या समाधान गर्न बैठक मात्रै गरेका हौँ’, नेता रावलले भने, ‘ओलीले विभाजनकारी गतिविधि गर्नुभएको छ ।’
सोमबार साँझ बालुवाटारको बैठकलाई उदृत गर्दै रावलले भने, ‘आफू निकटका सांसदहरूको भेलामा ओलीजीले पार्टी विभाजन हुने भयो तपाईहरूले प्रतिवाद्ध गर्नुस् भन्नुभएको छ ।
आफूले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएर बीउ रोप्ने अनि प्रतिवद्ध गर्नुस् भन्ने ? यस्ता गतिविधि प्रधानमन्त्रीले गर्न पाउनु हुन्न ।’
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको विकल्प खोज्ने प्रयास भइरहेका वेला प्रधानमन्त्री ओलीले आफूनिकटका सांसदहरूसँग छलफल गरेका हुन् ।
ओलीको भेलामा करीव तीन दर्जन सांसदहरू सहभागी भएका थिए । ओलीले आफूमाथि पार्टीकै शीर्ष नेताहरूले घेराबन्दी गरेको गुनासो गरेका छन् ।
नेकपाका सांसद विजय सुब्बाले प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई जानकारी गराएको बताए ।
ओलीले सरकारमाथि पार्टीभित्रैका शीर्ष नेताहरूको अगुवाइमा घेराबन्दी भइरहेको गुनासो सांसदहरूसँग गरेका थिए ।
देशमा सरकारै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको ओलीको भनाइ छ । ओलीले आफू निकटका सांसदहरूलाई सचेत गराउँदै आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया