कम्युनिस्टहरूले गलत आक्षेप लगाएपछि थापाद्वारा खण्डन

काठमाडौं । कम्युनिस्टहरूले नानाथरी प्रचारबाजी गरेपछि पूर्वमन्त्री सुनिलबहादुर थापाले खण्डन गरेका छन् ।

थापाले सोमबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध आफूले कुनै पनि रणनीति तथा कार्यनीति तय नगरिएको बताएका छन् ।

कम्युनिस्ट निकटका केही अनलाइनहरूमा ओली सरकार ढाल्न साढे एक महिना अगाडि थापाको निवासमा पूर्वमाओवादी, कांग्रेससहितका नेताहरूको बैठकले सरकार ढाल्ने रणनीति बनाएको भन्दै समाचार छापेका छन् ।

सो समाचारमा कुनै सत्यता नरहेको पूर्वमन्त्री थापाले बताएका छन् ।

Published : Monday, 2020 April 27, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया