अझै पनि जाेखिममा ओलीकाे कुर्सी, नेपाल समूहको प्रस्तावले ओली समूह तर्सियो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधान गर्न प्रधानमन्त्री खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपालका प्रतिनिधिहरूवीच भएको वार्ता विनाकुनै निस्कर्ष सकिएको छ ।
काठमाडौंको कोटेश्वरस्थित सरकारी भवनमा सोमबार ओली र नेपाल निकटका दोस्रो तहका नेताहरूवीच सम्वाद भएको थियो । वार्तामा ओलीद्वारा पठाइएको प्रस्तावहरूमा छलफल भएको थियो । ओली–नेपाल समूहवीच झण्डै तीन घण्टा छलफल भएको थियो ।
स्रोतका अनुसार ओलीले केही मुख्यमन्त्री परिवर्तन, मन्त्रिपरिषदमा समान भागबण्डा तथा नेता नेपाललाई पार्टीको जिम्मेवारी दिन विषयहरू प्रस्तावका रुपमा पठाएको स्रोतका भनाइ छ ।
सोमबार नै बालुवाटारमा बिहान ओली र नेता नेपालवीच वार्ता समेत भएको थियो ।
नेता नेपालले ‘एक व्यक्ति, एक पद’को नीति दृढतापूर्वक लागू गर्ने अडान लिएका छन् । नेपालको सो प्रस्तावमा ओली समूहले अस्वीकार गरेको छ ।
नेपाल समूहले वार्तामा ओली समूहका नेताहरूसँग मन्त्रिपरिषद् पुनर्गठन गरेर कमी–कमजोरी सच्याउँदै अघि बढ्न पनि प्रस्ताव गरेकाे छ ।
छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए । नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए ।
बैठकमा ओली समूहका नेताहरूले कहाँ गल्ती कमजोरी छ, खोजौं र मिलौं भन्ने धारणा राखेको नेता भीम रावलले जानकारी दिए ।
दोस्रो तहका नेताहरूका वीच सहमति हुन नसकेपछि मंगलबार नेकपाको केन्द्रीय सचिवालयको बैठक र बुधबार स्थायी समितिको बैठक राख्न प्रस्ताव गरिएको रावलले बताए ।
नेता रावलले बैठकमा अर्को समूहका नेताहरूबाट कुनै प्रस्ताव नआएको दाबी गरेका छन् ।
नेपाल समूहका नेता रघुजी पन्तले मंगलबार सचिवालय बैठक बस्ने सहमति भएको बताएका छन् । उनका अनुसार मंगलबार बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका बारेमा निर्णय गर्नेछ ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका २० स्थायी समिति सदस्यले स्थायी समितिको बैठक बोलाउन लिखित माग गरिसकेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया