ओली–नेपाल वार्ता चलिरहेका बेला प्रचण्डद्वारा खनालसँग गोप्य परामर्श
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता झलनाथ खनालसँग कुराकानी गरेका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले हल्लिदै गरेको आफ्नो पद बचाउन गृहकार्य गरिरहेका बेला प्रचण्डले नेता खनालसँग परामर्श गरेका हुन् ।
ललितपुरको खुमलटारस्थित निवासमा सोमबार प्रचण्ड र खनालवीच कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।
अध्यादेश प्रकरणपछि चरम उत्कर्षमा पुगेको नेकपाभित्रको विवादले ओलीको प्रधानमन्त्री पद हल्लाइदिएको थियो ।
यता, ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास गरेका छन् । ओलीको तर्फबाट वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली नेपाल निवास कोटेश्वर पुगेका छन् ।
वरिष्ठ नेताको तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
ओलीले मुख्यमन्त्री हेरफेर, मन्त्रिपरिषद र अध्यक्ष पद हस्तान्तरणको प्रस्ताव पठाएको स्रोतको भनाइ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया