विवाहको खर्च बचाएर नेविसंघका नेता काफ्लेले दिए कोरोना कोषमा दुई लाख
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वाफतको रकम कोभिड—१९, प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपियाँ जम्मा गरेका छन् ।
पूर्वमहामन्त्री काफ्लेले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर विवाह खर्च कटाएर ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’मा रकम जम्मा गरेका हुन् ।
आइतबार विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उनले बताएका छन् ।
सोमबार स्वास्थ्य मन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको उनले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ५२ जनामा संक्रमण देखिएको छ ।
१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय १० जना आइसोलेसनमा रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया