७० करोड कमिशन काण्डले मन्त्री गुमाएका बास्कोटा ओलीको कुर्सी थाम्न आए
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको बचाउमा नेताहरू आउन डराइरहेका बेला ७० करोड कमिशन प्रकरणमा मन्त्री पद गुमाएका नेकपाका नेता गोकुल बास्कोटा बचाउमा आएका छन् ।
‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिँदै पूर्वमन्त्री बास्कोटाले ओलीविनाको नेकपा कसैले सोँच्छ भने ठूलो दुर्घटना हुने चेतावनी दिएका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्ने विषयमा सरकारले प्रभावकारी काम गर्न नसकीरहेका बेला ओलीले राजनीतिक दल फुटाउनेसम्बन्धी अध्यादेश ल्याएपछि ओलीको विरोध भएको थियो ।
नेकपाकै नेताहरूको विरोध भएपछि पार्टीभित्र बहुमत गुमाएका ओलीको बचाउन गर्ने नेताहरूको खडेरी भएका बेला ७० करोड कमिशन प्रकरणमा मुछिएका बास्कोटा मैदानमा आएका हुन् ।
‘प्रधानमन्त्रीबाट केपी ओलीको सहमतिविना हट्ने वा नहट्ने भन्ने कुराको फैसला हुन्छ कि केपी ओलीलाई पूरै जिरो ग्राउण्डमा राख्ने कुरा हुन्छ ?’, उनले प्रश्न गर्दै भनेका छन् ।
‘ओलीलाई तिम्रो यात्रा जिरो ग्राउण्डतिर भनेर देखाइदिने कसैलाई ताकत छ ? ताकत छ भने भन्न म चुनौती दिन्छु’, बास्कोटाले भने, ‘ओलीलाई जिरो ग्राउण्डमा पठाउन ताकत कसको छ ? त्यो कसैको हैसियत छ ? छैन ।’
‘पार्टी केपी ओलीसहितको हो कि ? केपी ओली रहितको हो ?’, उनले प्रश्न गर्दै भने, ‘ओली अर्को ग्रहबाट आएर बनेको प्रधानमन्त्री हो कि ? होइन । त्यही नेकपाको हो ।’
‘ओलीको अपीलमा स्थानीय चुनावमा कहाँ थियौँ ? कसको वीचमा सहमति भएको थियो ?’, उनले माओवादी र कांग्रेसवीच स्थानीय तहको निर्वाचनमा भएको सहकार्यप्रति संकेत गर्दै भने, ‘त्यसको अध्ययन गरेर भएको होला नि पार्टी एकता ? त्यसको कम्पोजिशन पनि होला नि । गणितको कुरा मात्रै गरेर राजनीति चल्दैन ।’
‘राजनीति, भावना, दृष्टिकोण, विचार सहितको कुरा हो भने त्यसभित्र नेकपाको जीवनभित्र आफ्नो पनि जीवन छ’, बास्कोटाले भने, ‘नेकपाभन्दा बाहिरको कुरा कसैले ठान्छ भने त्यो नेकपाभित्रको विवाद होइन ।’
‘नेकपाको विवाद हल गर्ने भनेको नेताहरूको सम्वाद हो’, उनले भने, ‘कम्पिटिशन छ, ईच्छा होला, सहकार्य पनि जरुरत छ ।’
‘ओलीविना प्रचण्ड र माधवकुमार नेपालको नेकपाको सम्भावना नहुने भन्ने हुँदैन । ओलीविनाको नेकपा हुँदैन’, उनले भने, ‘त्यसपछिको अवस्था कसैले परिकल्पना गरेको छ कि छैन ? त्यसपछि नेकपाको हैसियत कहाँ पुग्छ त्यो पनि सोच्नु पर्ला नि ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया