गगन थापाले भने, ‘ओलीको कम्युनिस्ट सरकार अनुदारवादी’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई अनुदारवादीको संज्ञा दिएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले लेखेकै भरमा कम्युनिस्ट सरकारले मुद्धा लगाएर दुःख दिएको बताएका हुन् ।

‘पूर्वसचिव भीम उपाध्याय प्रकरण अनुदार सरकारबाट हुने एउटा प्रतिनिधि घटना हो’, थापाले भने, ‘सामाजिक सञ्जालमा लेख्ने उहाँको शैलीमा आलोचना गर्ने ठाउँ छ ।’

‘तर लेखेकै भरमा उहाँमाथि जस्तो अभियोग लगाइएको छ, यो व्यक्तिमाथिको होइन, संविधानको आधारभूत स्तम्भमाथिको प्रहार हो’, सांसद थापाले भनेका छन्, ‘विश्वास छ, अदालतले न्याय गर्नेछ ।’

कम्युनिस्ट सरकारको आलोचना गरेपछि पूर्वसचिव उपाध्यायलाई प्रहरीले ललितपुरस्थित निवासबाट पक्राउ गरेर हिरासतमा राखेको थियो ।

नेपाली कांग्रेससहित नागरिक समाजले उपाध्यायलाई पक्राउ गरेर मुद्धा चलाएकोमा विरोध गर्दै आएका छन् ।

Published : Sunday, 2020 April 26, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया