‘अपहरणकारी’लाई कारबाही माग गर्दै कांग्रेसद्वारा ओली सरकारविरुद्ध राँके जुलुस प्रदर्शन
बाह्रबिसे । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सिन्धुपाल्चोकमा सांसद अपहरण प्रकरणमा मुछिएकाहरूलाई कारबाहीको माग गरेर राँके जुलुस प्रदर्शन गरेका छन् ।
अपहरणमा संलग्नहरूलाई कारबाही गर्नुको साटो संरक्षण गर्ने प्रयास गरिएको भन्दै विरोधमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले बाह्रबिसेमा आइतबार साँझ राँके जुलुस प्रदर्शन गरेको हो ।
कांग्रेसका युवा नेता एवम् क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको नेतृत्वमा सयौँको संख्यामा जम्मा भएका कार्यकर्ताहरूले कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गर्दै राँके जुलुस प्रदर्शन गरेको जनाइएको छ ।
कोरोना भाइरसबाट जनतालाई बचाउने बेला कम्युनिस्ट सरकारले विपक्षमा रहेका दल फोड्ने कार्यमा संलग्न भएको तथा सांसद अपहरणमा लागेको भन्दै प्रदर्शनकारीहरूले ओली सरकारको आलोचना गरेका थिए ।
समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याएको घटनाका दोषीलाई कारबाहीको माग राखेर आईतबार काठमाडौं प्रहरीमा उजुरी दिइएको थियो ।
तर, काठमाडौं प्रहरीले अपहरण र शरीर बन्धकको मुद्धा दर्ता गर्न अस्वीकार गरिदिएको थियो ।
सांसद डा.यादवको अपहरणमा संलग्न भएको भन्दै नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध डा.बाबुराम भट्टराईसहितका नेताहरूले जाहेर दिएका थिए । तर, प्रहरीले जाहेरी लिएन ।
कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्देशनमा सांसद डा.यादवको अपहरा भएको आरोप समाजवादी पार्टीको छ ।
ओलीकै निर्देशनमा नेकपाका सांसद महेश बस्नेत र किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल अपहरणमा संलग्न भएको आरोप छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया