कोरोनाबाट विदेशमा ४८ नेपालीको मृत्यु, अमेरिका र बेलायत धेरै संक्रमित
काठमाडौं । कोराना भाइरसका कारण विदेशमा ४८ जना नेपालीहरूको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट २२ सय ३८ जना नेपाली संक्रमित भएका छन् । यो तथ्याङ्क २२ देशको शनिबारसम्मको हो ।
सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् । बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एकरएकजनाको मृत्यु भएको छ ।
अमेरिका र बेलायतमा रहेका एक–एक हजार नेपालीमा संक्रमण देखिएको छ ।
युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२–२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४–४ जना कोरोना भाइरसका संक्रमित रहेका छन् ।
मलेसिया र क्यानाडामा ३–३, माल्टा, जापान र हङकङमा २–२, टर्की, म्यानमार र फ्रान्समा १–१ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ ।
एनआरएनएले सुरु हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् ।
रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया