वीरगञ्जमा उपचाररत चारजना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ
मकवानपुर । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चार जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनीहरू कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण तीनजना भारतीय र एकजना नेपाली युवाको स्वाब परीक्षण भएको थियो ।
२४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।
वीरगञ्जमा कोरोनाको उपचाररत् पाँचजनाको स्वाब परीक्षण गरिएकोमध्ये चारजनाको रिपोर्ट नेगेटिभ आएको हो ।
डा. सेढाईंका अनुसार २४ घण्टाको फरकमा दुईपटक स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै संक्रमण शरीरमा नरहेको पुष्टि हुने भएकाले डिस्चार्ज गर्न सकिन्छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालका अनुसार अस्पतालमा उपचाररत् ३७, ४४ र ५५ वर्षीय भारतीय तथा १९ वर्षीय रौतहटका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन उपाध्यायका अनुसार वैशाख १० गते कोरोनाको पुष्टि भएका १४ वर्षीय बालकको रिपोर्ट भने पाजेटिभ नै आएको छ ।
कोरोना नेगेटिभ देखिएको अस्पतालमा भर्ना भएका चारैजना भारतबाट नेपाल आएको बुझिएको छ ।
तीनजना भारतीयहरु वीरगञ्जस्थित एक मस्जिदमा बस्दै आएका थिए । उनीहरू मुस्लिम धर्म प्रचारकहरू हुन् ।
रौतहटका १९ वर्षीय युवक लकडाउन घोषणा भएसँगै भारतबाट फर्किएको अस्पतालले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया