बालुवाटार छिर्ने महेश बस्नेतको अर्को प्रयास बिफल, यस्ताे थियाे याेजना ?
काठमाडौं । खड्गप्रसाद ओलीको छत्रछायाँमा कथित ‘डन’बाट राजनैतिक चरित्रमा आएका महेश बस्नेतको पछिल्लो गतिविधिले उनलाई फेरि पुरानै अवस्थाको झल्को दिएको छ ।
ओलीको संरक्षणमा जन्मिएको तत्कालीन युथ फोसको अध्यक्ष हुँदै राजनीतिक यात्रा शुरु गरेका बस्नेतलाई विगतको चरित्रले अहिले पनि पच्छ्याइरहेको छ ।
ओलीले तत्कालीन माओवादीको प्रतिकार गर्न बस्नेतको संयोजकत्वमा युथ फोस गठन गरेका थिए । जनता माओवादीबाट आजित बनेका बेला बस्नेतले माओवादीको प्रतिकार गरेर सहानुभूति पनि बटुलेका थिए ।
त्यति मात्रै होइन ओलीकै संरक्षणमा उनी युवा संघ नेपालको अध्यक्ष समेत हुन भ्याए । त्यसपछि ओलीले पार्टीभित्र सक्षम र धेरै योगदान गरेका नेताहरूलाई साइड लगाएर सांसद नै नरहेका बस्नेतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नै बनाइदिए ।
ओलीको साथ पाएका बस्नेतलाई पछाडि फर्केर हेर्नुपर्ने अवस्था रहेन । बस्नेत ओलीका सबैभन्दा प्रिय र निकटका व्यक्ति थिए ।
प्रतिनिधि सभाको निर्वाचनमा ओलीकै संरक्षणमा भक्तपुर जिल्लाबाट निर्वाचित भए । भक्तपुरबाट निर्वाचित भएर सांसद बन्नु नै बस्नेतका लागि ओलीसँग सम्बन्ध बिग्रियो ।
‘बा’ अर्थात ओलीबाट पहिलो चरणको मन्त्रिमण्डलमै पर्छु भन्ने उनको ठूलो आशा थियो । ओलीले बस्नेतलाई क्याबिनेटमा स्थान दिएनन् ।
विष्णु रिमालहरूको घेरामा पुगिसकेका ओलीले बस्नेतलाई चत्रक्कै भुल्न पुगे । ओलीको नजरबाट बस्नेत टाढा हुँदै गए ।
यति टाढा भएकी तत्कालीन एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण हुँदा ओलीको केन्द्रीय सदस्यहरूको सूचीमा बस्नेत परेनन् । भैँसेपाटी पुगेर बामदेव गौतमसँग अनुनयविनय गरेपछि गौतमको सूचीमा बल्लबल्ल परे ।
बस्नेतले ओलीलाई अहिले पनि ‘बा’ भनेर सम्बोधन गर्दै घप्लक्क खुट्टामा ढोग्छन् ।
एक पटक बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न बस्नेत पुगेका थिए । ओलीले आफ्नै दलका एकजना केन्द्रीय सदस्यसहितको ३–४ जनाको डेलिगेसनसँग कुरा गरिरहेका थिए । बस्नेत पनि कोठाभित्र प्रवेश गरे ।
ओली बसेको कुर्सी नजिकै पुगेर खुट्टामा ढोगे । खाली कुर्सीहरू हुँदा पनि बस्नेत कुर्सीमा बसेनन् । बरु ओलीकै कुर्सीको छेउमा भुइँमा चाखलमाढेर । नेकपाका ती केन्द्रीय सदस्यका अनुसार ओलीलाई बस्नेतले अति नै सम्मान गर्छन् ।
तर, पछिल्लो समय ओलीसँग बस्नेतको यति नराम्रोसँग सम्बन्ध बिग्रियो कि बालुवाटार छिर्न बस्नेतलाई ठूलै मेहनत गर्नुपर्छ ।
नेकपा निकटका पत्रकारले चलाउने एउटा अनलाइनले त बस्नेतलाई बालुवाटारको ढोका बन्द भनेर समाचार नै छाप्यो । त्यो समाचारले तनाबमा परेका बस्नेतले झिनामसिना अइनालइनहरूमा खण्डन छपाएर आफैले फेसबुकमा सेयर गर्दै बसेका थिए ।
उपेन्द्र यादव र डा.बाबुराम भट्टराईको दल समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरी जिल्लाबाट काठमाडौं अपहरणको शैलीमा ल्याएपछि नेकपाका सांसद बस्नेतको फेरि चर्चा भयो ।
ओलीलाई खुसी पार्न तनहुँबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाललाई साथमा लिएर डा.यादवमार्फत पार्टी फुटाउन खोजे । राजनीतिमा कच्च खोलाडी मानिएका बस्नेतलाई ठूलो धक्का लाग्यो ।
डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले बस्नेतलाई आफ्नो दलको सांसद अपहरण गरेको आरोप लगाएपछि घटनाले नयाँ मोड ल्याइदियो ।
समाजवादी पार्टीलाई फुटाएर गोकुल बास्कोटाले छाडेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको मन्त्री बन्ने योजना बनाएका बस्नेतलाई त्यहाँ पनि धक्का लाग्यो । बस्नेतमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने सपना देखेका पूर्वआईजीपी खनाललाई पनि सांसद अपहरणको आक्षेप लाग्यो ।
व्यापारी पृष्ठभूमिका नेपाका सांसद श्रेष्ठले पनि ठूलै भाग खोजेका थिए । उनको भाग पनि खोसियो । बरु बस्नेत, श्रेष्ठ र खनाललाई कहिल्यै नमेटिने सांसद अपहरणको आक्षेप लाग्यो ।
भक्तपुरका मतदाताहरू आफूले निर्वाचित बनाएका सांसद दल फुटाउन र सांसद अपहरणमा लागेको समाचार सुनेपछि चिन्तित बनेका छन् ।
निर्मला पन्त बलात्कार र हत्याका दोषीलाई पक्राउ गर्न नसकेको, सर्लाहीमा कुमार पौडेलको फेक ईन्काउन्टर गरेको जस्ता अभियोग सहदै आएका पूर्वआईजीपी खनाललाई सांसद अपहरणको ठूलो आरोप लागेको छ ।
पूर्वआईजीपीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको मुद्धा छ । त्यो मुद्धा हुँदाहुँदै खनालले अख्तियारमा आयुक्त बन्न हतार गरेको आरोप समाचारहरूमा आईरहेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँबाट हराएर प्रतिनिधि सभाको सांसद बनेपछि राजनीतिक हाइट उँचो बनाएका नेकपाका सांसद श्रेष्ठपनि समाजवादी पार्टीको सांसद अपहरणमा लागेको भनेर विवादित बनेका छन् ।
बालुवाटारमा सहज रुपमा पहुँच नपाएकै कारण महोत्तरीबाट अपहरण शैलीमा ल्याएका सांसद डा.यादवको ओलीसँग भेट हुन पाएन । ओलीलाई भेट्न नपाएपछि डा.यादव मेरियट होटेलबाट भागे ।
सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालका कारण ओलीको ठूलो बद्नाम भयो । त्यो बद्नामी रोक्न ओलीले दुई अध्यादेश फिर्ता लिनै पर्यो । यी तीन भाइका कारण यस्तो अवस्था आउँदै थियो कि नेकपा नै विभाजन हुने वा ओलीविरुद्ध अविश्वास प्रस्ताव पार्टीभित्रैबाट आउने अवस्था सिर्जना हुँदै थियो ।
ओलीका लागि तत्काल जोखिमहरू टरे पनि पार्टीभित्रको अन्तरद्वन्द्व यथावत छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया