कांग्रेसले देखायो ठूलो छाती, ओलीले गल्ती स्वीकारेपछि देउवाले दिए धन्यावाद
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार देउवा र ओलीवीच समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेसद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
भेटमा देउवाले ओलीलाई दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा धन्यवाद दिएका छन् । सांसद अपहरण प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न देउवाले ओलीसँग आग्रह गरेका छन् ।
‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरि उठेको छ’, देउवाको भनाइ उदृत गर्दै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देउलो भने, ‘मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’
नेपाली कांग्रेसका सभापति देउवाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि ब्यापक परीक्षण अहिलेको आवश्यकता रहेको भन्दै ओलीलाई सुझाव दिएको छ ।
‘समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौं’, देउवाले भने, ‘स्वास्थकर्मीहरूलाई पीपीइ लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथाशीघ्र पुर्याउनु पर्यो ।’
‘स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ’, देउवाले ओलीलाई सुझाव दिएका छन् ।
‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्’, देउवाले भने, ‘राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन ।’
‘श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्’, प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव छ ।
‘बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरू अप्ठ्यारोमा परेका छन्’, देउवाले भने, ‘त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।’

सभापति देउवाले ओलीलाई भने, ‘कोरोनाको जोखिमसंग लडिरहँदा अब विवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ ।’
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्रीलाई थप सजग पनि गराएका छन् । कसैको सुझाव र सल्लाह सुन्न नचाहने ओलीले शुक्रबार भने कांग्रेस सभापति देउवाका कुरा ध्यान दिएर सुनेको थिए ।
नेपाली कांग्रेससहित विपक्षी दलहरूको दवाव खेप्दै आएका ओलीलाई आफ्नै पार्टी नेकपाका नेताहरूको पनि दवाव थियो ।
देउवासँगको छलफल सक्किएपछि ओलीले सोही ठाँउमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बोलाएका थिए ।
देउवा, ओली र प्रचण्डवीच कोरोना भाइरसको संक्रमणविरुद्ध मिलेर लड्नेबारेमा कुराकानी भएको थियो ।
विवादास्पद दुई अध्यादेश फिर्ता लिएर आफूलाई सच्चिएको संकेत गरेका ओलीले आगामी दिनका उनका गतिविधिले देखाउनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया