लकडाउनका बेला नेविसंघद्वारा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कम्युनिस्ट सरकारविरुद्ध काठमाडौं प्रदेर्शन गरेको छ ।
लकडाउनका कारण थोरैको संख्यामा जम्मा भएका नेविसंघका नेता तथा कार्यकर्ताहरूले विभिन्न स्थानमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
शुक्रबार बिहान नेविसंघका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्ट सरकारद्वारा जारी भएका दुइटा अध्यादेश फिर्ताको माग गर्दै प्रदर्शन गरिएको जनाएका छन् ।
संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताको माग राखेर नेविसंघले प्रदर्शन गरेको जनाएको छ ।
काठमाडौं बबरमहलमा जिल्ला प्रशासन कार्यालय बाहिर मूल सडकमा प्रदर्शन गरिएको छ ।
नेविसंघद्वारा महाराजगञ्ज, नारायणगोपाल चोकमा पनि प्रदर्शन गरिएको छ ।
Published : Friday, 2020 April 24, 12:33 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया