सशस्त्रको बिओपीद्वारा सिमानाबाट २० जनाको उद्धार, क्वारेन्टाइनमा राखियो
कृष्णा यादब
वीरगञ्ज । सशस्त्र प्रहरी बल बिओपीले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ कोन्हियाको नाकाबाट २० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ ।
वीरगञ्जको आर्दशनगरस्थित रहेको ठाकुर राम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताए ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ कोन्हियाको सीमानाकाबाट नेपालका विभिन्न ठाउँमा ज्यालादारी गरिरहेका भारतीय नागरिकहरू लकडाउनको कारण सीमानाकामा आई बसिरहेको सबै भारतीय ब्यक्तिलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको थापाले बताए ।
नेपाल–भारतको सीमानाका सशस्त्र प्रहरी बल बिओपीले २ किलोमिटरको दुरीमा खटेर नाकाको पूर्णरुपले आवतजावत बन्द गरेको सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख थापाले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया