ओलीलाई साइजमा ल्याउन ठूला नेताहरूको भैँसेपाटीमा गोप्य बैठक
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि उत्पन्न भएको परिस्थितिका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूको गोप्य बैठक बसेको छ ।
राजधानीमा बिहीबार बसेको गोप्य बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन ओलीलाई दवाव दिने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ ।
केन्द्रीय सचिवालयका सदस्यहरूको बैठक बस्नु अगाडि कोटेश्वरमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ ।
सो वार्तामा प्रचण्ड र नेपालबीच ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन दवाव दिने सहमति भएको स्रोतले जनाएको छ ।
नेकपाको सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका छन् ।
ओलीले बिहीबार नै प्रचण्ड र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् ।
ओलीसँगको भेटवार्तापछि नेकपाको केन्द्रीय सचिवालयका ६ नेताहरूको गोप्य बैठक भैंसेपाटीमा बसेको छ ।
बैठकमा नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ ।
कम्युनिस्ट सरकारले अध्यादेश फिर्ताको निर्णय गरेपछि सचिवालय बैठक बस्नेछ । त्यसपछि नेताहरुको मागअनुसार स्थायी समितिको बैठक बस्ने सम्भावना रहेको एक नेताले बताएका छन् ।
बैठकमा प्रचण्डले नेपालसँग आफ्नो साथमा ६९ सांसद र १०४ जना केन्द्रीय सदस्य भएको बताउँदै ओलीसँग फाइनल कुरा गर्न नेपाललाई आग्रह गरेको स्रोतले जनाएको छ ।
बुधबार मात्र स्थायी कमिटीका २० सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया