यी हुन सांसद अपहरणको आरोप लागेका थ्री ब्रोदर भीआईपीहरू, खुसीयालीमा मासु खाँदै
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण गरेको अभियोग लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालका विषयमा अनेकथरी टिकाटिप्पणी हुन थालेको छ ।
महोत्तरीबाट समाजवादीका सांसद डा.यादवलाई बुधबार अपहरण गरी काठमाडौं ल्याएको आरोपमा बस्नेत, श्रेष्ठ र खनालको आलोचना भएको छ ।
अर्काको दलको सांसदलाई अपहरण गर्ने अधिकार उनीहरूलाई कसले दियो भनेर प्रश्न उब्जिएको छ । उनीहरू नेकपाको सांसद र सुरक्षा निकायको पूर्वप्रमुख भएर दल फुटाउन हिँड्ने अधिकार कसले दियो ? भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ । उनीहरूको हर्कतले लकडाउनका बेला सबैलाई आश्चर्यमा पारेको छ ।
निर्मला पन्त प्रकरणमा असफल भएका नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक खनाल राजनीतिक दल फुटाउन लागेपछि उनका विषयमा झन् रहस्यको विषय बनेको छ । खनालले सांसदद्वय बस्नेत र श्रेष्ठको पछाडि लागेर ओलीमार्फत आकर्षक पद हत्याउन खोजेका थिए । तर, उनको योजनामा ठेस लागेको छ ।
पूर्वआईजीप खनाललाई नेकपाका सांसद बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्ति दिलाउनेभन्दै आश्वासन दिँदै आएका छन् । खनालले पनि अख्तियार ताकेका छन् । खनल र बस्नेतको हिमचिम अलिक धेरै न छ । यो टिममा श्रेष्ठ पनि छन् ।
पूर्वआईजीपी खनाल र नेकपाका सांसद श्रेष्ठ तनहुँ जिल्ला निवासी हुन् । प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई हराएर चर्चामा आएका श्रेष्ठ समाजवादीका सांसद डा.यादवको अपहरण प्रकरणमा मुछिएपछि पुनः चर्चामा आएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेकपाका सांसद बस्नेत पनि समाजवादीका सांसद अपहरण प्रकरणमा मुछिएका छन् । उनीहरू तीन जनाले समाजवादीका सांसद डा.यादवलाई अपहरण नगरेको दाबी गर्दै आएका छन् ।
नेकपाका सांसद बस्नेतले राजनीतिमा सबैसँग सरसल्लाह हुने भन्दै समाजवादीका सांसद डा.यादवलाई लिन महोत्तरी गएको बताए । डा.यादवकाे घरमा खाना खाएकाे उनले बताए ।
पूर्वप्रहरी महानिरीक्षक खनालले पनि आफूले सांसद डा.यादवलाई अपहरण नगरेको दाबी गरे । उनले डा.यादव साथी भएकाले लिन मात्रै गएको बताएका छन् । नेकपाका अर्का सांसद श्रेष्ठले पनि डा.यादवलाई अपहरण नगरिएको बताएका छन् ।
नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले समाजवादीका सांसद डा.यादवलाई उनकै सहमतिमा काठमाडौं ल्याएर मेरियट होटलमा राखेर आफूहरू पनि सोही होटेलमा सुतेको बताएका छन् ।
सांसद बस्नेतले डा.बाबुराम भट्टराईले नै बिहीबार बिहान मेरियट होटेलबाट सांसद डा.यादवलाई अपहरण गरेर लगेको आरोप लगाए ।
बालुवाटारसँग कनेन्क्सन कटअप भएका बस्नेतले सम्बन्ध सुमधुर बनाउन समाजवादी पार्टीलाई फुटाएर नयाँ दल गठन गर्न लगाइ नेकपामा बिलय गराउन खोजेका थिए । तर, उनको योजना भताभुङ्ग भएको छ ।
एक महिना अगाडि मात्रै अवकास पाएका पूर्वर्आइजीपी खनालले सांसदद्वय बस्नेत र श्रेष्ठसँग मिलेर समाजवादी पार्टी फुटाएर नेकपामा मिसाएपछि आकर्षक नियुक्तिको लोभ गरेका थिए । उनीहरूले अब प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग कस्तो पुरस्कार पाउने हुन् भविष्यमा थाहा हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया