कांग्रेसले कम्युनिस्ट सरकारलाई र्याखर्याख बनायाे, देउवाले दिए फेरि चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिएका सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
देउवाले बिहीबार विज्ञप्ति जारी गरेर लोकतन्त्र दिवसका अवसरमा शहीदहरूको समर्पण, साहस र वलिदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
‘बिक्रम संवत २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र वहालीका लागि २०६२–०६३ मा नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलहरुद्वारा संचालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो’, देउवाले भनेका छन् ।
‘यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ’, उनले भने ।
‘वर्तमान नेकपाको सरकारले देश कोरोनाको कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गरेको छ’, उनले भनेका छन् ।
‘नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको छ’, सभापति देउवाले भनेका छन् ।
‘लोकतन्त्रमाथिको यो घृणित कार्यको हामी सबैले भर्त्सना गर्नु पर्दछ’, उनले भने, ‘उक्त अध्यादेशहरू तत्काल फिर्ता लिन म पुनः आग्रह गर्दछु ।’
‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग रहन म आग्रह गर्दछु’, देउवाले भनेका छन् ।
‘यो अवसरमा बीर योद्धाहरूको साहस, संकल्प र वलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौं’, कांग्रेस सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया