कमल थापाले दिए राणा र डा.लोहनीलाई हैसियतअनुसारको कपमा चिया

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो दलका दुई जना अध्यक्षलाई चिया खुवाएका छन् ।

काठमाडौंको विशालनगरस्थित निवासमा थापाले पशुपतिशम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीलाई समसामयिक विषयमा छलफल गर्न बिहीबार बिहान बोलाएका थिए । सरकारले जारी गरेका दुई अध्यादेश र कोरोना भाइरसको संक्रमणका विषयमा छलफल भएको थियो ।

सोही क्रममा अध्यक्ष थापाले दुई अध्यक्ष राणा र डा.लोहनीलाई चिया खुवाएका थिए ।

तीन जना अध्यक्षको एउटै हैसियत पार्टीमा रहेको छ । चिया खाने बेला भने पहिलो नम्बरका अध्यक्ष थापाले ‘पारा’ निकाली हाले ।

अध्यक्ष थापाले अलग प्रकारको ठूलो कपमा चिया पिए । राणा र डा.लोहनीलाई सामान्य कपमा चिया दिइएको थियो ।

तीन जना अध्यक्षले एक किसिमको कपमा चिया खाएको भए पनि केही बिग्रिने थिएन । तर, अध्यक्ष थापाले राणा र डा.लोहनीलाई आफूले नै चिया खाए जस्तै कप वा बराबरको समान हैसियतमा चिया खाँदा पनि सम्मान नदिएकाे भनेर आलोचना भएको छ ।

तीन अध्यक्षवीचको बैठकको तस्वीरमा थापाले दुई अध्यक्षलाई चिया खुवाउँदा पनि भेदभाव गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

Published : Thursday, 2020 April 23, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया