कांग्रेसद्वारा अध्यादेश फिर्ता गर्न माग, काेराेनामा साथ पाउँदा पुलपुल भयाे कम्युनिस्ट सरकार
काठमाडौं । नेपाली कांग्रेसले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले अध्यादेशमार्फत ल्याएको दुई वटा विधेयक फिर्ता लिन माग गरेको छ ।
काठमाडौंको बुढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीहरूको बैठकले दुबै अध्यादेश फिर्ता लिन सरकारलाई विभिन्न खालका दवाव दिने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले भ्रातृ संस्थाहरूलाई विभिन्न माध्यममार्फत सरकारलाई अध्यादेश फिर्ता लिनका लागि दवाव दिने निर्णय भएको बताए ।
‘हिजो जारी आएका छन् दुई अध्यादेशहरू, ती अध्यादेश कोरोनासँग लड्नुपर्ने विषयमा बिल्कुलै सम्बन्धित छैन’, प्रवक्ता शर्माले भने, ‘राष्ट्रपतिज्यूले कुनै सरसल्लाह र परामर्शमा कुनै समय नलगाइ यसलाई उहाँले तत्काल प्रमाणीकरण पनि गर्नुभएको छ । यो गलत छ ।’
दुबै विधेयकहरू कोरोनाबाट संन्त्रासमा रहेका नागरिक सरकारको लकडाउनलाई स्वीकार गरेर घरमा बसिरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सघाइरहेको बेला सरकारले एकाएक विधेयकहरू ल्याएर सबैलाई आश्चर्यमा पारेको कांग्रेसले जनाएको छ ।
‘नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठकले सम्पूर्ण एकताको साथ अहिलेको यो प्रकारको खेलमा सम्पूर्ण रुपले गम्भीर रहेको सरकारले दुबै अध्यादेशलाई फिर्ता गर्नुपर्ने माग गरेको छ’, प्रवक्ता शर्माले भनेका छन् ।
‘सरकारले गलत समयमा गलत ढंगले गलत नियतले नियोजित रुपमा योजनाका साथ कर्म गर्यो’, कांग्रेसको पदाधिकारीको बैठकले ठहर गरेको छ ।
कांग्रेसले संकटको यो घडीमा सरकारले कोरोना भाइरससँग जुध्नका लागि निर्माण गरिरहेका रणनीतिहरूलाई सघाइ रहेको भन्दै सरकारमा नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने नीति कांग्रेसले लिएको जनाएको छ ।
‘सरकारले गरेका कमजोरीहरू के–के छन् ती विषयहरूलाई पनि क्रमशः औँल्याइरहेको छ’, शर्माले भने, ‘सरकारलाई दवाव पनि दिइरहेको छ । सरकारलाई सघाइ पनि रहेको छ ।’
नेपाली कांग्रेसले सरकारका राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताका लागि सामाजिक सञ्जालमा कालो झण्डा राख्नेदेखि विभिन्न खालका दवावहरू सिर्जना गर्ने शर्माले बताए ।
लकडाउन र कोरोना भाइरसका कारण प्रदर्शन गर्ने कुरा सम्भव नरहेको भन्दै प्रवक्ता शर्माले विज्ञप्ति, अपील जारी गर्नेदेखि सामाजिक सञ्जालमार्फत सरकारको विरोध गर्ने कांग्रेसका प्रवक्ता शर्माले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया