सुदूरपश्चिमका राज बिकसँग पराजित भयो कोरोना
धनगढी । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना भाइरसको संक्रमणको उपचारपछि घर फर्किएका छन् ।
उनलाई चैत २२ गते कोरोना पोजेटिभ देखिएपछि राज बिकलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
बिक आइतबार कोरोना संक्रमणबाट निको भएर घर खुसी हुँदै फर्किएका छन् ।
दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि आइतबार डिस्चार्ज गरिएको छ । अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ ।
Published : Sunday, 2020 April 19, 5:04 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया