कोरोनाविरुद्धको मैदानमा रहेका पुनको पक्षमा उभिए विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग माग गरेका छन् ।
आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेहरूलाई नियन्त्रणमा लिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
सुरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला कांग्रेसका प्रवक्ता शर्माले चिकित्सकहरूलाई हतोत्साहित गर्नेहरूलाई कारबाही गर्न ओलीको ध्यानाकर्षण गराएका छन् ।
शर्माले कोरोना भाइरसको संक्रमण आजको तेस्रो विश्वयुद्धझ जस्तै भएको र त्यसका कमाण्डर स्वास्थ्यकर्मीहरु भएकाले कमाण्ड गर्नेले लड्ने र बोल्ने स्पष्ट पारेका हुन् ।
अनावश्यक भ्रम फैलाएर मिडियामा अन्तर्वार्ता दिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.पुनलाई स्पष्टीकरण सोधेको छ ।
संकटका बेला स्वास्थ्यकर्मीको मनोबल गिराउन खोजेको र हतोत्साहित गर्न खोजेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया