बागलुङकी ६५ वर्षीया वृद्धासँग पराजित भयो कोरोना

बागलुङ । बागलुङ जिल्लामा उपचाररत कोरोना भाइरसको संक्रमित ६५ वर्षीया वृद्धाको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

बिहीबार गरिएको तेस्रो पटकको परीक्षणमा ती वृद्धा महिलाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ देखिएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्ट समेत नेगेटिभ आएकाले उनमा कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको छ ।

उनी छैटौं कोरोना संक्रमित महिला हुन् । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण देखिएको थियो ।

उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने विषयमा भने छलफल चलिरहेको छ । कोरोनाको संक्रमण निको भएको भएपनि उनले केही दिन होम क्वारेन्टाईनमा भने बस्नुपर्ने छ ।

यसअघि, शनिबार काठमाडौंमा दोस्रो संक्रमित युवती मुक्त भई घर फर्किसकेकी छन् । चीनबाट फर्केका पहिलो कोरोना संक्रमित पनि निको भएर घर फर्किसकेका छन् ।

Published : Saturday, 2020 April 18, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया