कोरोनाको बिगबिगी भएका बेला काठमाडौंमा चिकित्सकहरूलाई ठूलो सफलता
काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएकी प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छिन् ।
शहीद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा २७ दिनको उपचारपछि पूर्ण रुपमा निको भएर शनिबार श्रेष्ठ घर फिर्ता भएकी हुन् । चैत १० गते उनी अस्पताल भर्ना भएकी थिइन् ।
अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाका अनुसार श्रेष्ठलाई कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा निको भएकी छिन् ।
उनी दुबई हुँदै काठमाडौं आएकी थिइन् । उनलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरेर उपचार गरिएको थियो ।
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छिन् ।
उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
काठमाडौं घर भएकी श्रेष्ठ चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् ।
त्यहाँ नमूना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू धौलागिरि अस्पतालमा उपचाररत छन् ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया