नेविसंघको ५१औँ स्थापना दिवस, कोरोनाविरुद्ध सचेतना चलाउने
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ५१औं स्थापना दिवस मनाएको छ ।
नेविसंघले शनिबार आफ्नो स्थापना दिवस मनाएको हो । कोरोनाभाइरस विरूद्ध सचेतना अभियानलाई जारी राख्दै नेविसंघले स्थापना दिवस मनाएको छ ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले स्थापना दिवसमा विज्ञप्ति निकालेर एकजुट भएर कोरोनाविरूद्ध महामारीको सामना गर्न आह्वान गरेका छन् ।
‘यस संकटको घडीमा सिंगो राष्ट्र एकजुट भई महामारीको सामना गर्न आह्वान गर्दछु’, ढुंगानाले भनेका छन्, ‘जनतालाई उत्साहित बनाउँदै सबैलाई साथमा लिएर सरकारले पारदर्शी भई अघि बढ्न आग्रह गर्दछु ।’
उनले नेविसंघको क्रान्तिकारी छविलाई उच्च बनाउन पनि आग्रह गरेका छन् ।
Published : Saturday, 2020 April 18, 1:10 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया