भारतबाट आएका १२ मुस्लिमहरू कोरोनाका संक्रमित, उकालो चढ्यो संक्रमितको संख्या

काठमाडौं । उदयपुर र चितवनमा गरेर एकै दिन १४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

शुक्रबार उदयपुरमा १२ र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरमा भेटिएका मध्ये केही भारतीय नागरिक छन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् ।

उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन् । संक्रमितहरू उदयपुर नगरपालिका ३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए ।
मस्जिदमा नयाँ मानिसहरू देखेपछि स्थानीयले खबर गरेका थिए ।

स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।
शुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा प्रिजम्टिभ पोजेटिभ देखिएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरूमध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

Published : Friday, 2020 April 17, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया