करोडौँ कुम्ल्याउने ठूला अस्पताललाई गण्डकले दियो टक्कर, अन्सारीले दिए कोरोनाका लागि अस्पताल
कृष्णा यादव
वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवम् वीरगञ्ज महानगरपालिकाका नगर कमिटी अध्यक्ष रहबर अन्सारीले आफ्नो गण्डक अस्पताल सरकारलाई कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरूको उपचारका लागि निःशुल्क उपलब्ध गराएका छन् ।
वीरगञ्ज महानगरपालिकाले निजी अस्पतालहरूलाई कोरोना भाइरसको उपचारका लागि सहयोग माग गरेको थियो । निजी अस्पतालहरूले मानगरपालिकाको आह्वानअनुसार कोरोना भाइरसको संक्रमितको उपचारका लागि अस्पताल दिन रुचि देखिाएनन् ।
तर, नेकपाका नेता अन्सारीले आफ्नो स्वामित्वको गण्डक अस्पताल महानगरपालिकालाई कोरोना भाइरसको संक्रमणका बिरामीको उपचार गर्न दिन महानगरपालिकामा प्रस्ताव पेस गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार महतोले कोरोना उपचारका लागि गण्डक अस्पतालको मात्रै प्रस्ताव आएको बताए ।
गण्डक अस्पतालले आफ्नो प्रस्तावमा कोरोना भाइरसको संक्रमित बिरामीको लागि अस्थाई रुपमा उपलब्ध गराइने उल्लेख गरेको छ ।
गण्डक अस्पताल वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा रहेको छ । कोरोना भाइरसको उपचारका लागि सम्पूर्ण अस्पताल उपलब्ध गराउने अन्सारीले बताएका छन् ।
महानगरपालिकाको शुक्रबार बस्ने बोर्डको बैठकले गण्डक अस्पतालका विषयमा निर्णय गरिने अधिकृत महतोले बताएका छन् ।
नेकपाका युवा नेता अन्सारीले वैशाख १ गते नै आफ्नो गण्डक अस्पताल कोरोना भाइरसको संक्रमणका बिरामीको उपचारका लागि वीरगञ्ज माहानगरपालिकालाई दिने घोषणा गरेका थिए ।
वैशाख २ गते वीरगञ्ज महानगरपालिकाले सूचना जारी गरि कोरोना अस्पतालका लागि इच्छुक निजी अस्पतालहरूसंग प्रस्ताव माग गरेको थियो ।
गण्डक अस्पताल बाहेक कुनै पनि निजी अस्पतालहरूले तोकिएको म्यादभित्र प्रस्ताव पेस गरेका थिएनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया