लकडाउनमा परेका जनताले यो सरकारलाई भरोसा गर्न छाडेः कांग्रेस नेता महर्जन
काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागका सदस्य सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले कोरोना भाइरसको संक्रमण रोकथाममा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
राष्ट्रिय खेलकुद् परिषद् पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले लकडाउनमा परेका जनताको सामान्य आधारभूत समस्याको समाधान गर्न नसकेको आरोप लगाए । लकडाउनमा जनताले सरकारलाई साथ दिएको भन्दै सरकारले जनतालाई सामान्य समस्याहरूको पनि समाधान गर्न नसकेको बताए ।
‘यो सरकरप्रति नेपाली जताहरूले आशभरोसा गर्न छोडीसकेका छन्’, बुधबार प्रेस नाेट जारी गर्दै उनले भने, ‘अहिलेको सरकार एकपछि अर्को काण्डैकाण्डमा मुछिदै गएको छ । सोही कारण पनि नेपाली जनताले सरकारलाई विश्वास गर्न छाडेका छन् ।’
कांग्रेसका युवा नेता महर्जनले चुनावको बेलामा मीठा–मीठा भाषण गरेर झुठो आश्वासन दिएर नेपाली जनताको अमूल्य मत लिएर झ्युक्याउने काम गरेको बताए । उनले सरकार नेपाली जनतालाई आपतबिपत परेको बेलामा पनि कमिशनको चक्करमा लागेको भन्दै आलोचना गरे । उनले सरकार पूर्णरुपमा असफल भइसकेको बताए ।
‘यो कम्युनिस्ट सरकारको कारण सम्पूर्ण राजनीतिक दलमाथि नेपाली जनताको विश्वास गुम्दै गएको छ’, उनले भने, ‘सरकारले समयमै बिबेक पुर्याएको भए अहिले नेपालमा यस्तो भयाबह अवस्था सिर्जना हुने थिएन ।’
‘अरु देशमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएका बेला नेपाल सरकारले पूर्व सतर्कता अपाउन सकेन’, उनले भने, ‘सरकारको लापरबाहीले गर्दा नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेर गएको छ ।’ कांग्रेस नेता महर्जनले नेपाल–भारतको बोर्डर समयमा सिल गरेर सतर्कता अपनाएको भए कोरोना भाइरसको जोखिम धेरै कम हुने बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय विमानस्थलमा पनि तत्कालीन समयमा लापरबाही गरेको सजाय नेपाली जनताले भोग्न बाध्य भएको बताए ।
‘विदेशबाट आएका नागरिकहरूलाई समयमा क्वारेन्टाइनमा राखेको भए आज नेपाली जनताहरू यो महामारीबाट डराउने अवस्था रहने थिएन’, उनले भने, ‘यो सरकारसंग न भिजन छ, न मिशन छ, न कुनै योजना नै छ । हरेक ठाउँमा असफल भएको छ ।’
‘दुईतिहाईको कम्युनिस्ट सरकार हुँदा पनि जनचाहनाअनुसारको काम गर्न सकेन’, महर्जनले भने, ‘अहिले पनि छिमेकी राष्ट्र भारतबाट लुकेर नेपाल प्रवेश गर्नेहरूको संख्या धेरै रहेको छ । यसतर्फ सरकारले कडा कदम उठाउनुपर्छ ।’
उनले नेपाल–भारत बोर्डरलाई सिल गरेर सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति बढाउन सुझाव दिएका छन् । ‘सिमानामा उच्च सर्तकता अपनाउनका लागि सुरक्षाकर्मी मात्रै होइन जनतालाई पनि उतार्नुपर्छ भने उतारौँ’, उनले भने, ‘होइन भने भारतबाट नेपालमा उच्च जोखिम छ ।’
प्रतिनिधि सभा र प्रदेशका सांसदहरूले कम्तिमा १ वर्षको तलब आकस्मिक राहत कोषमा राख्न उनले सुझाव दिएका छन् ।
‘पहिलो प्राथमिकता भनेको नेपाली जनाताको जिउज्यानको सुरक्षा गर्नु हो’, उनले भने, ‘त्यसपछिको भनेको विकास हो । बाँचेपछि सबै थोक देख्न पाइन्छ ।’
कांग्रेसका युवा नेता महर्जन लगायत ललितपुर कांग्रेस नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, ऋषिराम घिमिरेले गोदावरी, नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका महाँकाल गाउँपालिकाको आकस्मिक राहत कोषमा राहत स्वरुप नगद हस्तान्तरण गरेका थिए ।
करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका कांग्रेसका नेता महर्जनले लकडाउनका कारण समस्यमा परेका ललितपुरका मजदुर र अति निम्न परिवारहरूलाई सहयोग गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया