कोरोनाबाट मृत्यु भए शव नजिकबाट हेर्न नदिइने, यसरी हुनेछ अन्तिम दाहसंस्कार
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएमा शवलाई नजिकबाट हेर्न नदिने जनाएको छ ।
शवमा रहेका भाइरस अन्य व्यक्तिमा सर्न सक्ने भन्दै सावधानीका लागि यस्तो व्यवस्था गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवको दाहसंस्कारसम्बन्धी कार्यविधि बनाएको छ ।
मंगलबारसम्म नेपालमा हालसम्म १६ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ । नेपालमा मंगलबारसम्म कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।
भविष्यमा आइपर्न सक्ने अवस्थालाई ध्यान दिएर सरकारले शव व्यवस्थापन कार्यविधि बनाइएको मन्त्रालयले जनाएको छ ।
‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको संसर्गबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरे पनि शव सदगतको क्रममा सावधानी अपनाई शव व्यवस्थापन कार्य गरिनेछ’, कार्यविधिमा उल्लेख छ ।
‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्य्विधि २०७६’ मा शवको अन्तिम संस्कारसम्बन्धी व्यवस्था गरिएको छ ।
उक्त १९ बुँदे कार्यविधिमा कुलधर्मअनुसार शवको अन्तिम संस्कार गर्न सकिने भए पनि सावधानी अपनाउनुपर्ने उल्लेख गरिएको छ । शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीले पीपीईको प्रयोग गर्नुपर्नेछ ।
मृतकको कुलधर्मअनुसार शवको सम्मान गर्दै उपस्थित आफन्तहरू समेतलाई सुरक्षित राख्नु पर्ने उल्लेख छ । मृत्यु भएका शव जथाभावी सदगत गर्न नहुने उल्लेख छ ।
शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्ति र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चश्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्दछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया