आमा र छोरामा कोरोना पुष्टि, बुहारीको रिपोर्ट आउन बाँकी

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

सोमबार थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

पीसीआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको पाटन अस्पता स्रोतले जानकारी दिएको छ ।

अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ ।

तीन जना कोरोनाको आशंका देखिएपछि झन्डै पाँच सय परिवार बस्ने पेप्सीकोलाको सनसिटी अपार्टमेन्टलाई सोमबारदेखि सिल गरिएको छ ।

अपार्टमेन्टमा बस्ने सबै जनाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ ।

Published : Tuesday, 2020 April 14, 1:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया