काठमाडौंमा आमा, छोरा र बुहारीमा कोरोना संक्रमण
काठमाडौं । करीव चार हप्ता अगाडि लण्डनबाट काठमाडौं आएको एकै परिवारका तीन सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरूमा सोमबार कोरोना संक्रमण भएको संभावना देखिएको हो । उनीहरूलाई पाटन अस्पताल भर्ना गरिएको छ ।
लण्डनबाट फर्किएका उनीहरूमा ¥यापिड टेस्ट गर्दा कोरोना भाइरसको एन्टीबडी देखिएको थियो ।
अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले जानकारी दिएका छन् ।
भर्ना गरिएका तीन जनाको स्वास्थ्य अवस्था सामान्य छ । तीन जनामध्ये आमा, छोरा र बुहारी छन् ।
सरकारले गत चैत महिनामा विदेशबाट उपत्यकामा आएका सबैको ¥यापिड डाइग्नोस्टिक टेस्ट गर्ने भनेको थियो ।
यो किटले परीक्षण गर्दा कोरोना संक्रमणको संभावना देखिएपछि त्यसलाई फेरि पीसीआर विधिबाट पुनः परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाटन अस्पतालले तीनै जनाको पीसीआरबाट परीक्षण गर्ने तयारी गरेको छ । कहिलेकाही किट्ले कोरोनाको भाइरसविरुद्ध लड्ने एन्टीबडी शरीरमा देखाए पनि कोरोना भाइरस नहुन सक्छ ।
बागलुङकी एक महिलाको परीक्षणमा किट्ले पोजेटिभ देखाएको थियो । पछि पीसीआरले परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरुद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ ।
एन्टीबडीले कोरोना भाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टीबडी कायमै रहन्छ । कहिलेकाही डाइग्नोस्टिक टेष्टले परीक्षणमा एन्टीबडी देखाए पनि कोरोना भाइरस भने नष्ट भइसकेको हुन सक्छ ।
शरीरमा एन्टीबडी पनि छ तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पीसीआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया