सुदूरपश्चिमपछि मध्यपूर्वी जिल्लामा कोरोनाको संक्रमण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जनाएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कैलाली र रौतहटमा दुई जना कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको डा.देवकोटाले जानकारी दिए ।
त्यसैगरी, रौतहट जिल्लामा क्वारेन्टाइनमा बसेका १९ वर्षीया युवकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको डा.देवकोटाले बताए ।
सोमबार भेटिएका दुई जनासँगै नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १४ पुगेको छ ।
उता, सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका पाँच जनाको उपचार भइरहेको छ ।
वीरगञ्जमा ३, बागलुङमा २ र काठमाडौंमा २ जना संक्रमितको उपचार भइरहेको डा.देवकोटाले जानकारी दिए ।
उपचार भइरहेका सबै कोरोना संक्रमितहरूको अवस्था सामान्य रहेको प्रवक्ता डा.देवकोटाले जानकारी दिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया