जनता लकडाउनको संकटमा परेका बेला प्रचण्डले आफै मासु पकाएर खाँदै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तरकारी पकाउँदै गरेको तस्वीर सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका कान्छा ज्वाइँ जीवन आचार्यले ससुराले तरकारी पकाउँदै गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार सार्वजनिक गरेका हुन् ।
नयाँ वर्षको शुरुवाती पहिलो दिन अध्यक्ष दाहालले आफ्नै घरको भान्साभन्दा बाहिर चुल्होमा मासुको तरकारी पकाएका हुन् ।
लगातार तीन हप्तादेखिको लकडानका दैनिक ज्याला मजदुरी गरेर साँझ–बिहान गुजारा गर्दै आएका मजदुर र अति विपन्न परिवार समस्यामा रहेका बेला नेकपाका अध्यक्ष दाहालले मासुको तरकारी पकाउँदै गरेको तस्वीर सार्वजनिक भएको छ ।
अध्यक्ष दाहालको निजी सचिवालय उच्च स्रोतका अनुसार कराहीमा मासु पकाउँदै गरिएको छ । मासु पकाउँदै गर्दा अध्यक्ष दाहालले पन्यूले चलाइरहेका छन् ।
कान्छी छोरी गंगा दाहाल र कान्छा ज्वाइँ जीवन आचार्य नजिकै बसेर हेरिरहेका छन् ।
कान्छी छोरी गंगा दाहाल अध्यक्ष दाहालकी निजी स्वकीय सचिव हुन् । उनले सरकारी सेवा सुविधा पाउँछिन् ।
उनका पति अर्थात अध्यक्ष दाहालका ज्वाइँ आचार्य उपराष्ट्रपति नन्दबहादुर पुनको सल्लाहकार हुन् । ज्वाइँले पनि सरकारी सेवा सुविधा पाउँछन् ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको आलिसान घरमै गंगा दाहाल र उनका पति जीवन आचार्य साथमा बस्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया