राहत विरतणमा कांग्रेसलाई अबरोध, नेकपाद्वारा लाल झण्डा राखेर पाेकाे वितरण
काठमाडौं । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने अति निम्न समुदायलाई खाद्य सामग्रीका कारण समस्या परेका बेला केही जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सहायता वितरणमा समेत राजनीति गरेको भन्दै आलोचना भएको छ ।
तराईका केही जिल्लामा नेकपाले आफ्नो पार्टीको झण्डा राखेर खाद्य सामग्री वितरण गरेको भन्दै आलोचना भएको हो । लकडाउनका बेला समस्यामा परेका मजदुर र अति निम्न वर्गलाई निःशुल्क रुपमा कुनै पनि सर्त नराखेर सहायता गर्नुपर्नेमा नेकपाले झण्डा नै राखेर सहायता वितरण गरेको छ ।
सरकारले एकद्वारबाट सहायता वितरण गर्न निर्देशन दिएको छ । अधिकांश स्थानीय निकायमा नेकपाको सरकार छ । प्रदेश र केन्द्रमा नेकपाको सरकार छ । समस्यामा परेका सर्वसाधारणलाई सहायता दिनुपर्छ ।
तर, नेकपाले झण्डा नै राखेर राहत वितरण गर्न थालेपछि धेरैलाई चिन्ता जगाइदिएको छ ।
नेकपाका नेताहरूको निर्देशनमा सिन्धुपाल्चोक, संखुवासभा, रसुवासहितका जिल्लामा नेपाली कांग्रेसलाई राहत वितरणमा अबरोध गरिएका छन् । कांग्रेसलाई अबरोध भइरहेका बेला नेकपाले भने झण्डानै गाढेर राहत वितरण गरेका समाचार आएका छन् ।
सत्तामा बसेकाहरूले राहतलाई राजनीतिसँग जोडेपछि पीडितहरू झन् पीडित बनेको गुनासो बढेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया