धोका दिने प्रचण्डलाई कांग्रेसका खतिवडाले पनि दिएनन् साथ, एक्लियो खुमलटार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना भाइरसको रोकथामका लागि जननिर्वाचित स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने बताएका छन् ।
कांग्रेस नेता खतिवडाले शनिबार ट्वीट गर्दै कोरोना भाइरस रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रणको आवश्यक्ता नरहेको बताएका हुन् । उनले राजनीतिक संयन्त्रले जननिर्वाचित निकायहरू कमजोर हुने चेतावनी दिएका छन् ।
‘निर्वाचित अंगलाई कमजोर बनाएर अरु कुनै संविधानले नचिनेको संमयन्त्र अहिले बेमौसमी बाजा हो’, उनले भनेका छन्, ‘अहिले त्यस (स्थानीय तह)को राम्रो परिचालन आवस्यक छ ।’
‘अहिले सरकारले जुन गतिमा कोरोना भाइरसको संक्रमणविरुद्धकाम गर्नुपर्ने हो त्यो गरेको देखिन्न’, खतिवडाले भने, ‘तर निर्वाचित सरकार तीनै तहमा छ । ६ हजार ७ सय ४३ वडामा जनप्रतिनिधिहरू छन् । उनीहरूलाई नै सक्रिय बनाउनुपर्छ ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा निजी टेलिभिजनसँगको अन्तर्वार्तामा प्रमुख विपक्षी दलसहितका दलहरूलाई समेटेर कोरोना भाइरसविरुद्ध उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेका थिए ।
राजनीतिक संयन्त्रको नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि खोरेज गरिदिएका छन् ।
नेपाली कांग्रेसले पनि प्रचण्डले भने जस्तो कोरोना भाइरसविरुद्ध अभियान चलाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा खासै चासो दिएको छैन ।
कांग्रेससँग स्थानीय तहको निर्वाचनका बेला भएको गठबन्धनलाई तोडेर प्रचण्ड तत्कालीन एमालेसँग मिलेर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गएका थिए ।
त्यस बेला धोका दिएका प्रचण्डलाई कांग्रेसका युवा नेता खतिवडाले राजनीतिक उच्चस्तीय संयन्त्र आवश्यक छैन भनेर जवाफ दिएका छन् । खतिवडाको यो जवाफले प्रचण्डलाई धक्का पुगेको छ भने बालुवाटारमा बसेका प्रधानमन्त्री ओलीलाई राहत मिलेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया