सभामुखको जिल्लाकाे मार्मिङ र चाकुमा कांग्रेसद्वारा थर्मल गन प्रदान, खुसी भए स्वास्थ्यकर्मी
निरोज चौलागाईं
भोटेकोसी । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नम्बर ५ स्थित मार्मिङ स्वास्थ्य चौकी र चाकु उपस्वास्थ्य चौकीले कोरोना भाइरसको टेस्टका लागि इन्फारेड थर्मल गनसहितका स्वास्थ्य सामग्री पाएको छ ।
शुक्रबार भोटेकोसी गाउँपालिकाका दुई स्वास्थ्य संस्थामा थर्मल गन, पीपीइ सेट, माक्स, सेनिटाइजर, ग्लोब्स, गाउन लगायत सामग्री सहयोग गरिएको हो ।
कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले स्वास्थ्य संस्थामा आवश्यक मेडिकल सामग्री पुर्याउन सकेको छैन । यस्तो अवस्थामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य संस्थाहरूमा मेडिकल सामग्री निःशुल्क सहयोग गर्दै आएका छन् ।
लकडाउन र स्वास्थ्य संस्थामा थर्मल गन, माक्स, सेनिटाइजर, ग्लोब्स गाउन जस्ता मेडिकल सामान अभाव भएका बेला कांग्रेस नेता बस्नेतले मेडिकल सामान सहयोग गरेका हुन् ।
सिन्धुपाल्चोकमा यसअघि मेडिकल सामान सहयोग गर्दै आएका कांग्रेस नेता बस्नेतले कोरोना टेस्ट अर्थात तापक्रम नाप्ने इन्फरेड थर्मल गन समेत उपलब्ध गराएको मार्मिङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले बताएका छन् ।
मार्मिङका स्थानीय पासङ नोर्बु लामाले सिन्धुपाल्चोकका लागि उपलब्ध गराएका हुन् ।
शुक्रवार थर्मल गनसहित स्वास्थ्य संस्थामा सो सामग्री हस्तान्तरण गर्न नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत गएका थिए । क्षेत्रीय सभापति बस्नेतले राजनीति दलको व्याक्तिको सहयोग जनताले यतिबेला पाउने भन्दै आफूहरू जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा मेडिकल सामग्री सहयोग गरिरहेको बताए ।
स्वास्थ्य संस्थामा मेडिकल सामग्री सहयोग गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य बस्नेलाई सिन्धुपाल्चोकको प्रहरी, जिल्ला प्रशासन कार्यालय र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले अबरोधको प्रयास गर्दै आएका छन् ।
पूर्वमन्त्री बस्नेतले स्वास्थ्यकर्मी र जनताको स्वास्थ्यका लागि काम गर्ने भन्दै प्रहरी र प्रशासनको अबरोधका बीच पनि आवश्यक सामग्री सहयोग गर्दै आएको बताए ।
सिन्धुपाल्चोकमा सरकारले थर्मल गन समेत उपलब्ध गराउन सकेको छैन । बस्नेतले भने जिल्लाभरि उक्त सामग्री सहयोग गर्दै आएका छन् ।
‘यस्तो परिस्थितिमा सरकारले चाँडोभन्दा चाडो आवश्यक मेडिकल सामान उपलब्ध गराउनुपर्ने अबस्थामा हामीले गरेको सहयोगमा समेत सरकारले अबरोध गर्न खोजेको छ’, कांग्रेस नेता बस्नेतले बताए ।
सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सभामुख अग्नि सापकोटाले समेत स्वास्थ्य सामग्री र सहायता वितरणमा कार्य गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले लकडाउनका बेला पनि स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया