प्रहरीमा यी दश एसएसपीहरूको डीआईजीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका दश जना एसएसपीहरूलाई बढुवा समितिले डीआईजीमा बढुवाको सिफारिस गरेको छ ।
गृहमन्त्रालयमा शुक्रबार बसेको समितिको बैठकले दश जनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई नायव महानिरीक्षकमा बढुवा गरेको हो ।
बढुवा हुनेमा घनश्याम अर्याल पहिलो नम्बरमा बढुवा भएका छन् । दोस्रो र तेस्रोमा क्रमशः प्रकाशजंग कार्की र बसन्तकुमार पन्त बढुवा भएका छन् ।
ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी बढुवा भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2020 April 11, 6:48 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया