कोरोनाको ल्याब भरतपुरमा राख्न चितवन कांग्रेसको माग
भरतपुर । नेपाली कांग्रेस चितवनले कोरोना भाइरसको संक्रमणको नमूना परीक्षणको ल्याब भरतपुरमा स्थापना गर्न माग गरेका छन् ।
चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले आइतबार साँझ विज्ञप्ति जारी गरेर मेडिकल कलेजको हब बनेको चितवनमा ल्याब स्थापना गर्नुपर्ने बताएका हुन् ।
उनले सत्तारुढ दलका शक्तिशाली र ठूला नेताहरू हुँदा समेत कोरोना भाइरसको नमूना परीक्षण गर्न ल्याब ल्याउन नसकेको भन्दै ब्याङग्य पनि गरेका छन् ।
‘सत्तासीन पार्टीका प्रभावशाली नेताहरूले भरिपूर्ण चितवन जिल्लामा सम्पूर्ण तथ्यहरूले कोरोना भाइरसको परीक्षण ल्याब स्थापना गर्न उपयुक्त अवस्था हुँदाहुँदै ल्याब निर्माण हुन नसकेकोमा आफैमा लज्जाको विषयम बनेको छ’, सभापति श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।
कोरोना भाइरसको संक्रमणले चितवन लगायत सिंगो देश नै संक्रमणबाट त्रसित भइरहेको अवस्थामा सरकारले देशको विभिन्न ठाउँहरूमा कोरोना परीक्षण ल्याव केन्द्र निर्माण गर्न लागिरहेको उनले बताएका छन् । कांग्रेस चितवनका सभापति श्रेष्ठले भरतपुरमा नै ल्याब स्थापना गर्न जोड दिएका छन् ।
‘काठमाडौंपछि मेडिकल सिटीको रुपमा चर्चित चितवन जिल्लामा यसको वरिपरिका १५–२० जिल्लाहरूको मेडिकल हब समेत रहेको सर्बमा विदितै छ’, उनले भनेका छन्, ‘आवश्यक चिकित्सकहरू, तथा सुविधा सम्पन्न अस्पतालहरूको समेत पहुँच रहेको चितवनमा यथासक्य छिटो कोरोना भाइरसको संक्रमण परीक्षण ल्याब केन्द्र स्थापना गर्न सरकार समक्ष कांग्रेसले माग गरेको छ ।’
सरकारले आइतबार मात्रै बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसको नमूना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया