कांग्रेस नेता एवम् वडाध्यक्ष शाहद्वारा तुलसीपुर ५ मा अति विपन्नलाई खाद्यान्न वितरण
तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को वडा कार्यालयले निःशुल्क खाद्यान्न बितरण गरेको छ ।
बिहान बेलुकीको खानपीनको जोह गर्न श्रम गर्नुपर्ने नागरिकको वडामा पहिचान गरि १० किलो चामल, ५ किलो पिठो,२ किलो दाल, १ किलो स्वाईबिन, १ लिटर खाने तेल र १ पोका नुन बितरण गरिएको नेपाली कांग्रेसका नेता समेत रहेका वडाध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिए ।
कोरोना भाईरस संक्रमणबाट बँच्न र बचाउँन सर्तकता अपनाउँदै सरकारले चैत ११ गतेदेखि आगामी १८ गते सम्म आह्वान गरेको लक डाउनबाट सबैभन्दा धेरै दैनिक गुजारा चलाउन श्रम गर्ने नागरिक मर्कामा परेका छन् ।
४–५ दिन जसोतसो गुजारा चलाएका अत्यन्त बिपन्न समूदायले अव भने नसक्ने अबस्था बुुझिएकाले खाद्यन्न बितरण शुरु गरिएको वडाध्यक्ष शाहले बताए ।
यो वडा तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्छ । वडामा अति बिपन्न, दलित, जनजाति समुदायका व्यक्ति बस्छन् ।
पातुखोला र आसपासमा घना भएकाले ठूलो संख्यामा बसेका अति बिपन्न समुदायको पहिचान गरी राहत वितरण गरिने वडाध्यक्ष शाहले बताए ।
टोल विकास समितिको सहयोगमा वडा नम्वर ५ मा झण्डै ५ सय बढी बिपन्न समुदायका नागरिकको पहिचान गरिएको छ ।
तीमध्ये अति निम्न वर्ग, सहाराबिहीन, बृद्धबृद्धा, दलित, जनजाति समुदायलाई पहिलो प्राथमिकतामा राखेर १ सय २० जनालाई शनिबार दैनिक उपभोग्य बस्तु (खाद्यान्न) बितरण गरिएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
तुलसीपुरका ब्यवसायी अब्दुल हमिद खाँले खाद्य सामग्री उपलब्ध गराएका थिए । खाद्यान्न १ सय २० जनालाई बितरण गरिएको श्रेष्ठले बताए । अनिकाल र संकटका बेला खाद्यान्न बितरण गरेर आफूहरूलाई बाँच्ने आशा बढाएको भन्दै राहत पाएकाहरू खुशी भएका छन् ।
वडा कार्यालयबाट वडा नम्वर ५ ले बाँकी बिपन्न समुदायका नागरिकहरूलाई पनि खाद्यान्न बितरणका लागि अन्य सहयोगी दाताहरूलाई आह्वान गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया