षडानन्द नगरपालिका वडा नं. १ का वडाध्यक्षद्वारा साबुन वितरण

भोजपुर । भोजपुर जिल्लाको षडानन्द नगरपालिका वाड नम्बर १ का वडाध्यक्ष रामेश्वर भण्डारीले कोरोना भाइरसबाट बच्नका लागि आफ्ना वडाबासीहरू साबुन वितरण गरेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका वडाध्यक्ष भण्डारीले वडा कार्यालयमार्फत कोरोनाबाट बच्न साबुन पानीले हातधने जनचेतनासहित निःशुल्क रुपमा साबुन वितरण गरेका हुन् ।

उनले कोरोना भाइरसबाट बच्नका लागि समय समयमा साबुन पानीले हात धुन वडाबासीलाई आग्रह गरेका छन् ।

नेपालेडाँडामा कोरोना भाइरसबिरुद्ध जनचेतनामुलक कार्यक्रमका साथै वडाका सबै घरलाई साबन बितरण गरिएको वाडाध्यक्ष भण्डारीले बताएका छन् ।

Published : Wednesday, 2020 March 25, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया