‘लक डाउन’लाई पूर्ण पालना गर्न कांग्रेस नेता पुरीको अपील

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीले कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि सरकारले गरेको ‘लक डाउन’लाई सबैले पालना गर्नुपर्ने बताएका छन् ।

उनले ‘लक डाउन’को समयमा घरभित्रै बसेर सहयोग गर्नुपर्ने बताए । नेपालमा समेत कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा हेलचेक्र्याइ नगर्न उनले आग्रह गरेका छन् ।

सरकारले दिएको निर्देशनलाई पालना गर्नु सबै नागरिकहरूको दायित्व भएको उनले बताए । यस्तो संकटको समयमा सबै जनता अनुशासनमा बस्नु नै महामारीबाट बच्ने सबैभन्दा उपयुक्त उपाय भएको पुरीले बताएका छन् ।

उनले लक डाउनलाई कसैले उल्लंघन गर्छ भने त्यसलाई सख्त कारबाही गर्न पनि माग गरेका छन् ।

Published : Tuesday, 2020 March 24, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया