प्रदेश पाँच सरकारद्वारा आर्थिक सहयोगका लागि अपील

बुटवल । प्रदेश ५ को सरकारले कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि सहयोगको अपील गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार अपील जारी गरेर कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग गर्न प्रदेश ५ को सरकारले अपील गरेको हो ।

‘प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ’, अपीलमा प्रदेश सचिव भरतमणि सुवेदीले भनेका छन्, ‘कोषमा प्रदेश सरकारको तर्फबाट दश करोड जम्मा गरिएको छ ।’

‘सम्भावित यो अकल्पनीय विपत्तिविरुद्ध लड्न तपाई हामी सबै मिलेर अघि बढौं’, अपीलमा भनिएको छ, ‘यस कोरोना भाइरसको संक्रमण तथा उपचारका लागि संघ संस्था र व्यक्तिहरूलाई उक्त कोषमा सहयोग गर्न प्रदेश सरकार अपील गर्दछ ।’

प्रदेश ५ को सरकारले राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखामा रहेको ‘कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष’को नामको खाता नम्बर ३१२०५०३०००३०१ मा सहयोग गर्न अपील गरेको छ ।

Published : Tuesday, 2020 March 24, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया