काठमाडौं महानगरद्वारा समस्या पर्दा यी फोनहरूमा सम्पर्क गर्न अपील
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि शुरु गरेको लक डाउनलाई सहयोग गर्न महानगरवासीसँग अपील गरेको छ ।
मेयर विद्यासुन्दर शाक्यले मंगलबार विज्ञप्ति जारी गरेर सरकारको निर्णय र आदेशलाई पालना गर्न आह्वान गरेका हुन् । उनले एक हप्तासम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।
लक डाउनको अवधिभर सम्पूर्ण महानगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारीविरुद्धको अभियानलाई सहयोग गर्न मेयर शाक्यले अपील गरेका छन् ।
सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधि र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिन पनि मेयर शाक्यले व्यवसायीहरूलाई अनुरोध गरेका छन् ।
कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखिएको मेयर शाक्यले विज्ञप्तिमा जनाएका छन् ।
काठमाडौं महानगरको टोलफ्री नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको शाक्यले जनाएका छन् ।
कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोलफ्रि नम्बर ११८० तथा अन्य सिधा सम्पर्क नम्बरहरू ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खबर दिने तथा सूचना दिने व्यवस्था समेत मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।
दैनिक उपभोग्य बस्तु र औषधिजन्य बस्तुको सहज उपलब्धतासँगै कालो बजारीलाई नियन्त्रण गर्न उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गठित अनुगमन तथा सुपरीवक्षेण समितिलाई तिव्र पारिएको विज्ञप्तिमा जनाइएको छ ।
लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सकिने जनाइएको छ ।
प्रमुख र उपप्रमुखहरू
विद्यासुन्दर शाक्य – प्रमुख – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – उपप्रमुख – ९८५१२७९८९९
राजेश्वर ज्ञवाली– निमित्त प्रमुख प्रशासकीय अधिकृत–९८५१२१०७४२
वडा अध्यक्षहरू
१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१
२) राजेन्द्रकुमार श्रेष्ठ – ९८५१२७९९०२
३) दीपक के.सी. – ९८५१२७९९०३
४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५
६) दपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७
८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९
१०) रामकुमार केसी – ९८५१२७९९१०
११) हरालाल तण्डुकार – ९८५१२७९९११
१२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) ईश्वरमान डंगोल – ९८५१२७९९१५
१६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९
२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५
२६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७
२८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९
३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१
३२) नवराज पराजुली – ९८५१२७९९३२
कार्यपालिका सदस्यहरू
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१
रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३
कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हीरादेवी पोखरेल – ९८५१२७९९५५
पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दीपक गोर्खाली राई – ९८५१२७९९५७
प्रेम पोडे पुजारी – ९८५१२७९९५८
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया