राप्ती गाउँपालिकाले गर्‍यो महत्वपूर्ण १५ निर्णय

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिका गाउँकार्यपालिकाको १३औँ बैठकले १५ विषयमा नयाँ निर्णयहरू लिएको छ ।

गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकबाट कोरना भाईरसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि कार्य सुरुवात गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न योजनाहरूको नाम र रकममा स्थानीय नागरिकको चाहनाअनुसार कार्य गर्ने निर्णय पनि गरेको छ ।

बैठकले कोरना भाईरसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रण प्रयासहरूको बारेमा जानकारी गराउँदै सर्वसाधारणलाई नडराई सजगता अपनाउन अपील गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

बैठकले नमूना आँपखोली ट्याङ्की निर्माण कार्यको रकम, पशु सेवा शाखाबाट प्राप्त बजेटको शीर्षक रकम, ४ नम्बर वडाको बजेट स्रोतान्तर र योजना परिवर्तन, ६ नम्बर वडाको बगरापुर सगरापुर नाली, ९ नम्बर वडाबाट प्राप्त बाटो, २ नम्बर वडाको बराखुट्टीदेखि आदर्श माविको बाटो, ५ नम्बर वडाबाट प्राप्त रकम, प्रगन्ना तथा बडकापथ सिचाइँ आयोजनाको सिफारिस, मुक्त कमैया उत्थान कार्यक्रमको रकम लगायतका विषयमा निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाले जानकारी दिए ।

पछिल्लो समयमा छिटैहुने गाउँसभामा लैजाने गरी कार्यपालिका बैठकमा सर्वहीत बचत तथा सहकारी संस्थाका सम्बन्धमा, ४ नम्बर वडा अन्तरगत दोलेखोला पक्की पुल निर्माणको डीपीआर, करन्दी सामुदायिक भवनको निमार्ण सहयोग, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम माग गरेका विद्यालयहरूको सिफारिसका विषयमा समेत निर्णय गरिएको छ ।

Published : Thursday, 2020 March 19, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया