‘टोले गुण्डा’लाई साथ दिँदा ललितपुर प्रहरी फस्यो, कांग्रेसद्वारा आलोचना
काठमाडौं । नेपाली कांग्रेस ललितपुरले प्रहरी प्रशासनबाट बागमती गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरूलाई धम्काउने कार्य भएकोमा भर्त्सना गरेको छ ।
ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यले बुधबार विज्ञप्ति जारी गरेर कम्युनिस्ट सत्ता र स्थानीय गुण्डाहरूको आड र संरक्षणमा चापागाउँ प्रहरीबाट भएको हर्कतको विरोध गरेका हुन् । विज्ञप्ति निकाल्नुभन्दा अगाडि सभापति अमात्यले कांग्रेस ललितपुरका नेता तथा पीडित पक्षसँग परामर्श समेत गरेका छन् ।
‘बागमती गाउँपालिका नम्बर ३ भट्टडाँडामा ०७६ चैत ४ गते स्थानीयहरूको सामान्य विवादमा प्रहरी चौकीमा परेको उजुरीको लागि वडाका जनप्रतिनिधिसहित प्रहरी चौकी भट्टेडाँडामा छलफलको सन्दर्भमा दुईतिहाइ सरकारको दम्भ देखाउँदै कानूनलाई आफ्नो हातमा लिइ प्रहरी वृत्त चापगाउँबाट ठूलो संख्यामा प्रहरी पठाइ प्रशानको आडमा निर्वाचित जनप्रतिनिधिहरूलाई समेत थुन्ने, गोली हान्ने जस्तो अपशब्दहरू प्रयोग गरी धम्काउने कार्यप्रति नेपाली कांग्रेस ललितपुर घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘राजनीतिक संरक्षको आडमा प्रशासन र स्थानीय गुण्डाको बलले यी र यस्ता सामाजिक सद्भाव खलल हुने विषयवस्तुहरू शीघ्र नरोकिए नेपाली कांग्रेस ललितपुर जस्तोसुकै प्रतिकारको कदम उठाउन बाध्य हुने व्यहोरा सम्बन्धित निकायको ध्यानकर्ष गराउँद छौँ’, सभापति अमात्यले चेतावनी दिएका छन् ।
वडा नम्बर ३ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष विष्णु तिमिल्सिनासहितका जनप्रतिनिधिहरूलाई चापागाउँ प्रहरीका निरीक्षक राजन लम्सालले नेकपा निकटका ‘टोले गुण्डा’को पक्ष लिँदै गोली ठोक्ने चेतावनी दिएपछि ललितपुर कांग्रेस रिसाएको हो ।
नेकपा निकटका टोले गुण्डा सन्तोष खड्का नेतृत्वको समूहले सोमबार एक्जाभेटरको चाबी खोसेको थियो । खड्काको समूहले एक्जाभेटरका मालिक समेत रहेका वडाध्यक्षसँग दश लाख माग गरेर चाबी खोसेको थियो ।
सोही विषयमा भट्टेडाँडाको प्रहरी चौकीमा उजुरी दिन जम्मा भएका वडाध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयलाई प्रहरी निरीक्षक लम्सालले गोली ठोक्ने चेतावनी दिएपछि स्थितिले तनावपूर्ण स्थिति सिर्जना भएको हो ।
प्रहरी निरीक्षक लम्सालले टोले गुण्डाहरूलाई संरक्षण गरेको भन्दै ३ नम्बर वडाले बुधबार यातायात बन्दको आह्वान समेत गरेको छ ।
नेपाली कांग्रेस ललितपुरले प्रहरी प्रशासनलाई सत्ताको आडमा टोली गुण्डाहरूलाई संरक्षण नगर्न चेतावनी दिएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया