दाङमा सलबलाउन थाले ‘डन’ ठेकेदारहरू, भयो गम्भीर लफडा
घोराही । दाङ जिल्लामा सडक निर्माणसम्बन्धी टेण्डर भर्ने क्रममा एक जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिकास्थित भौतिक पूर्वाधार कार्यालय दाङको कार्यालय बाहिरबाट टेण्डर च्यातेको अभियोगमा प्रहरीले उमेशचन्द्र थापालाई पक्राउ गरेको छ ।
थापाले कोटेशन किन च्यातेका हुन खेलेको छैन । जिल्ला प्रहरी कार्यालय दाङका नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले टेण्डर च्यातको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए । सो घटनामा संलग्न अन्य २–३ जना फरार रहेको र खोजतलास जारी रहेको डीएसपी खड्काले बताए ।
सडक पूर्वाधार कार्यालयले दाङ जिल्लाका लागि विभिन्न २० स्थानमा सकड बनाउन टेण्डर आह्वान गरेको थियो । सो टेण्डरका लागि ३ सय २० वटा आवेदन बिक्री भएका थिए ।
सडक पूर्वाधार कार्यालय दाङका प्रमुख बासुदेव भण्डारीले सोमबार शिलबन्दी कोटेशन १२ बजेभित्र आह्वान गरिएको जानकारी दिए । उनले शिलबन्दी कोटेशनलाई प्रक्रिया पुर्याएर छनौट गरिएको जानकारी दिएका छन् ।
विवाद भएकै कारण एउटा टेण्डरमा कुनै पनि कोटेशन परेको छैन । सो टेण्डरमा छिटै अर्को व्यस्था गरिने भण्डारीले बताए । कार्यालयका प्रमुख भण्डारीले २० वटा सडकको टेण्डरका लागि ८०–९० जनाले टेण्डर भरेको बताए ।
ई–बिडिङ नगरेर किन शिलबन्दी टेण्डर आह्वान गर्नुभयो ? भन्ने जिज्ञासामा कार्यालयका प्रमुख भण्डारीले भने, ‘६० लाखभन्दा माथिको टेण्डरलाई ई–बिडिङ गरिन्छ । साना सडक आयोजना भएकोले शिलबन्दी कोटेशन आह्वान गरिएको हो । सकै कानूनी प्रक्रियाअनुसार भएको छ ।’
जिल्ला समन्वय समितिमा नेकपाको बर्चश्व छ । प्रदेश ५ मा नेकपाकै सरकार छ । स्रोतका अनुसार नेकपा निकटा ठेकेदारहरूलाई काम दिनका लागि शिलबन्दी कोटेशन आह्वान गरेको आरोप लागेको छ । केही निर्माण व्यवसायीहरूले सत्ताको आडमा सडकको टेण्डर आह्वान गरिएको र कसैलाई कोटेशन भर्न दिएको, कसैलाई कोटेशन भर्न नदिएको आरोप लगाएका छन् ।
स्रोतका अनुसार दाङ निर्माण व्यवसायी संघका केही पदाधिकारीहरूले सोमबार लफडा गरेको जनाइएको छ । लफडा गर्ने ‘गुण्डा’ निर्माण व्यवसायीहरूको नाम छिट्टै सार्वजनिक गरिनेछ ।
दाङ जिल्लामा लामो समयपछि टेण्डरको विषयमा लफडा भएको छ । तत्कालीन एसपी धिरजप्रताप सिंहले दाङमा कमाण्ड सम्हालेपछि ठेकेदारहरूले चलखेल र गुण्डागर्दी गर्न पाएका थिएनन् ।
सिंहले दाङ छाडेपछि पनि यस्तो घटना भएको थिएन । सोमबार टेण्डरमा हँगामा भएपछि दाङमा सत्ता निकटका गुण्डा, डन र निर्माण व्यवसायीहरूको हालिमुहाली शुरु भएको भन्दै आलोचना शुरु भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया